हाँस्यकलाकार मनोज गजुरेल दम्पितिको सम्बन्ध विच्छेद

काठमाडौं, ४ माघ । हाँस्य कलाकार मनोज गजुरेल र पत्नि मिना गजुरेलको सम्बन्ध विच्छेदको भएको छ हाँस्यकलाकार गजुरेल दाम्पत्तिको सम्बन्ध विच्छेदको समाचारले हाँस्यकर्मी र उनका शुभचिन्तक आश्चर्यमा परेका छन् मनोज र उनकी पत्नि मिनाले केही समय देखिको आपसी असमझदारीलाई सम्बन्ध विच्छेद गरी टुङ्गयाएका छन् विशेष स्रोतका अनुसार, मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् त्यस्तै, सम्बन्ध विच्छेदबारे हालसम्म दुवैले मुख खोलेका छैनन् । बुझिए अनुसार विचारमा असहमति भएको हो त्यसैगरी, दुवैले सम्बन्ध विच्छेदको कारण सार्वजनिक गर्नु पर्ने कुनै तर्क छैन भनिरहेका छन् । केही हप्तादेखि मनोज र मिना अलग–अलग नै बस्दै आइरहेका थिए कानुनी रुपमा यही पुस ११ गते अलग भएपछि मनोज गजुरेल छोरासँग बालकोट घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्दै आएकी छिन् त्यस्तै पति मनोजसँग सम्बन्ध विच्छेद गरे पछि मिना बुटिक सञ्चालन गर्ने तयारीमा लागेकि छिन् । उता मनोज पनि सम्बन्ध विच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै छन् । मनोज केही समयपछि दर्शक हँसाउनका लागि ओमान र बहराइन जाँदै छन् हाँस्यकलाकार मनोज गजुरेल र मिनाले वि.सं. २०५३ सालमा पहिलो पटक भेट भएको थियो । त्यस पछि केही समय प्रेममा रमाएको यो जोडीले २०५३ सालको वैशाखमा काठमाडौंको गुहेश्वरी मन्दिरमा विवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?