नयाँ नोट फोहोर बनाउनेलाइ राष्ट्र बैंकले कारबाही गर्ने (सूचनासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट साट्नको लागी असोज १० गतेबाट तोकिएको स्थानमा पाउने व्यबस्था गरेको छ । त्यसको लागी राष्ट्र बैंकले बिभिन्न बैंकहरुलाइ जिम्मा पनि दिइसकेको छ । साथै प्रतिव्यक्तिको लागी रकमको दायरा समेत तोकेको छ ।

दशैंका बेला टिका लगाँउदा , पुजाआजा गर्दा तथा अन्य धार्मिक कार्यको लागी प्रयोग गरिने नयाँ तथा सुकिला नोट फोहोर हातले छुँदा नराम्रो हुने र पछि प्रयोग गर्न नमिल्ने हुँदा त्यस्तो नगर्न समेत राष्ट्र बैंकले एक सुचना जारी गर्दै सर्वसाधारणलाई आग्रह गरेको छ ।

साथै बिभिन्न बाहानामा नोटमा रङ्ग लगाउने, केरमेट गर्ने, लेख्ने, नोटको आकार बिगार्ने जस्ता कामहरु गरि नेपाली नोट बिगारेको पाइएमा त्यस्ता व्यक्तिलाइ कानुन बमोजिम कारबाही गर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले निकालेको सूचना यस्तो छ …….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?