खै रेल, खै पानीजहाज ? भन्नेहरुलाई ओली भन्छन्, ‘मैले मुर्छित सपनामाथि पानी छम्केकाे हुँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्नेहरूले विकासका सपना किन देखाएको भने पनि आफूले मुर्छित सपनामा पानी छर्किएको बताउनुभएको छ । संविधान दिवसको अवसरका आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सपना साकार पार्नकै लागि पानी छर्किएको बताउनुभएको छ ।

सकियो, भत्कियो, अब केही हुन्न भन्ने मनस्थिति फेर्न र अब केही हुन्छ भन्ने आफूहरले जनतामा आशनाको सञ्चार गराएको प्रैधानमन्त्री ओलीको दाबी छ । विश्वास गरेर जनताले बलियो बहुमत दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले विकासका लागि कतै जग हालेको र कतै पहिला वा दोस्रो तला थपेको जिकिर गर्नुभयो ।

‘भन्नकै लागि त भन्न सकिन्छ खै त रेल, खै त पानी जहाज ? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको ? अझै जोड दिएर सोध्न सकिन्छ– हामीलाई सपना किन देखाएको ? हामीमा आशा किन जगाएको ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म बिनम्रताका साथ स्वीकार्छु । हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ–निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं ।’

जब भविष्यप्रति आशावादी भएर सुन्दर भविष्यको सपना देखेमा मात्र देश बाँच्ने उहाँको भनाई छ । ‘मेरो काम मुर्छित सपनाहरुलाई जगाउनु र तिनिहरुप्रति विश्वास बढाउनु थियो । र, ती विश्वास साकार पार्न हरेकले प्रयास गरुन्, जसबाट देश विकास सम्भव बनाउन सकिन्छ, समाज विकास सम्भव बनाउन सकिन्छ भन्ने थियो’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले त्यही नै कोशिस गरेको थिएँ ।’

याे पनि पढ्नुहाेस्ः

संविधान दिवसमा प्रधानमन्त्रीले गरेको भाषण : भत्ता बढाएकोदेखि टेलिप्रिजेन्ससम्म (पूर्णपाठ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?