तीज महोत्सव राष्ट्रिय महिला भलिबलमा गण्डकी प्रदेश तेस्रो

पोखरा । गण्डकी प्रदेश पोखरामा भएको तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो भएको छ । पोखराको लामाचौरमा सोमबार तेस्रो स्थानको लागि भएको खेलमा श्रीराम खेलकुद विकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी तेस्रो भएको हो ।

तेस्रो स्थान हासिल गर्ने क्रममा गण्डकीले श्रीरामलाई २५–१३,२५–१६ र २५–१८ को सेटमा पराजित गरेको हो । तेस्रो भएसँगै गण्डकीले नगद २५ हजार प्राप्त गरेको छ ।

प्रतियोगिताको उपाधिको लागि भने विभागीय टिम नेपाल पुलिस क्लब र होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो २ बजे हुनेछ ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६५ हजार पाउने छ ।

यसअघि पहिलो सेमिफाइनलमा गण्डकी न्यू डायमण्डसँग पराजित भएको थियो । यस्तै श्रीराम नेपाल पुलिससँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?