‘नाडा अटो शो’ मा निसान गाडी अग्रिम बुकिङ गर्नेलाई यस्ता उपहार

काठमाडौं । नाडा अटो शोमा निसान गाडीले ‘फेस्टिभ ड्राइभ’ उपहार योजना समावेश गरेको छ। निसान फेस्टिभ ड्राइभ योजनाअन्तर्गत नाडा अटो शोमा आएका ग्राहकलाई गाडी बुकिङ गरेवापत ३१ हजार ९९९ रुपियाँ बराबरको एमआई ८ लाइट मोबाइल निःशुल्क दिइने कम्पनीले जनाएको छ।

त्यस्तै गाडीका खरिदकर्ताबीच गरिने लक्की ड्रमा छानिएका १० जोडीले मलेसिया भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउनेछन्।
यसका अतिरिक्त आकर्षक नगद छुट ५ लाखसम्म र फेस्टिभ ड्राइभ नगद छुट ३ लाखसम्मको प्रावधान राखिएको छ।

९५ हजार ९ सयसम्मको निःशुल्क एसेसरिज, एक वर्षसम्मका बीमा र सडक कर, ३ वर्षसम्मको सर्भिसिङ, ३ वर्ष वारेन्टी, सर्भिसिङ लोयल्टी र एक्सचेन्ज बोनसको समेत प्रावधान राखिएको छ। नाडा अटो शोका लागि लागू भएको यो योजना चाडपर्वको मौसमसम्म नै रहने छ। नाडा अटो शो २०१९ मंगलबारदेखि काठमाडौँको भृकुटी मण्डपमा सुरु भएको हो । गाडि लगाएत मेलामा विभिन्न कम्पनीका मोटरसाईकलहरु पनि राखिएका छन् ।

१७ तस्वीरमा हेर्नुहोस ‘नाडा अटो शो २०१९’ को मेला (फोटो फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?