१७ तस्वीरमा हेर्नुहोस ‘नाडा अटो शो २०१९’ को मेला (फोटो फिचर)

काठमाडौं । राजधानिको भृकुटी मण्डपमा वृहत अटो मेला ‘नाडा अटो शो २०१९’ चलिरहेको छ । मंगलबारदेखि काठमाडौँको भृकुटी मण्डपमा सञ्चालित प्रदर्शनीमा अटो व्यवसायीहरुले आफ्ना ब्राण्ड तथा गाडीहरु उतारिहेका छन् ।

टोयोटा मोटर्सले नाडा अटो शो २०१९ मा दुइवटा हाइब्रीड मोडलहरु सार्वजनिक गरेको छ । नेपालका लागि टोयोटाको विक्रेता आधिकारीक युनाइटेड ट्रेडर्सले र्याभ फो हाइब्रीड र क्याम्री हाइब्रीडका साथ र्याभ फो ग्यासोलिन सार्वजनिक गरेको हो ।

युनाइटेड ट्रेडर्स टोयोटा हाइब्रीडका सवारीहरु लन्च गर्ने पहिलो अटोमोबाइल कम्पनी हो । दुइवटा पावर ट्रेन इन्टर्नल कमबस्टन इन्जिन र इलेक्ट्रीक मोटरको सम्मिश्रण भएको हाइब्रीडले अधिकतम शक्ति दिनुका साथै न्युनतम फ्युलको प्रयोग गरी थोरै धुँवा इमिसन गर्ने कम्पनीले दावी गरेको छ ।

गाडि लगाएत मेलामा विभिन्न कम्पनीका मोटरसाईकलहरु पनि राखिएका छन् ।

हेरौं लोकपथको लेन्सबाट जे देखियो :

तस्वीर: गोकुल पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?