सुन्धारा आत्महत्या प्रकरण: सालाले दिए भिनाजुविरुद्ध जाहेरी

काठमाडौं । सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेकी दिलमाया गुरुङको श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनी शुक्रवार होटेलमा कोठा लिएर बसेकी थिइन् । श्रीमान् र सासुससुरासँगै होटेलमा पुगेकी उनले शनिवार बिहान होटेलको चौथो तलाबाट हामफालेर आत्महत्या गरेकी थिइन् ।

प्रहरीका अनुसार मृतकका श्रीमानलाई नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट कर्तव्य ज्यानमा ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

मृतकका भाइले प्रहरीमा आफ्नै भिनाजुविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले शुरुमा अनुसन्धानका लागि परिवारका सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। परिवारका अन्य सदस्यलाई भने छोडिसकेको जनाएको छ।

सुन्धारास्थित एक होटलको चौथो तलाबाट हाम फालेर महिलाले गरिन् आत्महत्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?