अफगानिस्तानको सुन खानीमा विस्फोट, पाँच जनाको मृत्यु

लोकपथ
35
Shares

काठमाडौं । अफगानिस्तानको उत्तरपूर्वी बदखसन प्रान्तस्थित एक सुन खानीमा विस्फोट हुँदा कम्तीमा पाँच जना मजदुरको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार सहरी बुजर्ग जिल्लाको अविज क्षेत्रमा मजदुरहरूले सुन उत्खनन् गरिरहेका बेला अचानक विस्फोट भएको हो ।

दुर्घटनापछि घटनास्थलमा उद्धार टोली परिचालन गरिएको छ । विपद् व्यवस्थापनका प्रान्तीय निर्देशक मावलवी मोहम्मद अकरम अकबरीले घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गर्दै थप पीडितहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जानकारी दिएका छन् ।

खनिज स्रोतमा धनी मानिने बदखसन प्रान्तमा अनियमित तथा असुरक्षित खानी उत्खननका कारण यस्ता दुर्घटना पटक–पटक हुने गरेका छन् ।

आधुनिक उपकरण र सुरक्षा मापदण्डको अभाव, गरिबी तथा परम्परागत उत्खनन प्रणालीका कारण खानी मजदुरहरूले ज्यान गुमाउने जोखिम बढ्दै गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?