काठमाडौं । बाजुराको गौमुल गाउँपालिकामा सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो ।
सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका हुन् । उनी जिल्लाका अग्रणी किसान रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया