ऋषि धमलाले रवीलाई भने, “म पनि ५७ दिन हिरासत बसेको छु यथार्थ बाहिर आओस्”

काठमाडौं । पक्राउ परेका पत्रकार रवी लामिछानेको विषयमा पत्रकार ऋषि धमलाले प्रतिक्रिया दिनुभएको छ ।

एक संचारमाध्यमसँग कुराकानी गर्दै उहाँले जो पत्रकारसँग धेरै अपेक्षा हुन्छ उनै पत्रकार धेरै विवादमा आउने भन्दै पत्रकारले जस्तो सुकै कठिन परिस्थितीमा पनि संयमित भएर काम गर्नुपर्ने बताउनुभयो । रिपोर्टस क्लब नेपालमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “म पनि ५७ दिन हिरासतमा बसेको छु नि । तर मूल कुरा भनेको अनुसन्धान लागि निष्पक्ष हुनुपर्छ । र चुनौतीको सामाना गर्नुपर्छ ।”

व्यवस्था फेरिएपनि नेपाली पत्रकारिता चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । समग्र पत्रकारिताको कुरा गर्दा सुरक्षित छ भनेर भन्न नसकिने भन्दै उहाँले सबैको लागि अनुकरणिय उदाहरणिय काम गर्नेमाथि आक्षेपहरू आइरहने बताउनुभयो । रवी पक्राउ पर्नु प्रहरीको अनुसन्धानको विषय रहेकोले सहि किसीमले अनुसन्धान गर्न अनुरोध गर्नुभयो । अनुसन्धानबाट साँचो कुरा आओस् भन्दै उहाँले थप्नुभयो, “अनुसन्धान निष्पक्ष होओस् । कसैलाई अन्याय नहोस् । नेपालको अदालतले जनताको पक्षमा फैसला गरेको छ । म समग्र रुपमा नेपालको पत्रकारिताको विकास चाहन्छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?