७ वर्षे बालकको ५ सय २६ दाँत, ५ घण्टा लगाएर अप्रेसन (फोटोसहित)

appharu
0
Shares
तस्वीर गूगल

एजेन्सी । भनिन्छ ३२ वटा दाँत भएका मान्छेले बोलेको कुरा पुग्छ । कसै-कसैको २८ वटा पनि हुन्छ । तर भारतमा भने दाँतको विषयमा आनौठो समाचार सार्वजनिक भएको छ ।

तस्वीर: गूगल

तमिलनाडु राज्यको राजधानी चेन्नईमा सात वर्षको केटाको मुखबाट ५२६ दाँत निकालिएको छ । डाक्टरको अनुसार त्यस्तो असामान्य दाँत हुनको कारण मोबाइल टावरबाट उत्पन्न विकिरण पनि हुन सक्छ ।

केहि वर्षदेखि रबिन्द्रनाथको दाहिने गाला सुन्नएिको थियो बुबा एस प्रभुदासले छोराको दाँत बिग्रिएको अनुमान गरेका थिए। तर जब उनले छोरालाई डाक्टरकोमा जाँच गर्न लगे, तब अचम्मको कुरा थाहाभयो ।

तस्वीर: गूगल

रबिन्द्रनाथको मुखमा ५२६ दाँत रहेछ । निजी क्लिनिकमा डाक्टरहरूले रबिन्द्रनाथको शल्यक्रियाका लागि पाँच घण्टा लागेको बताए ।

अब उस्को मुखमा २१ दाँत बाकिँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?