काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेताको चाकडी गर्ने र राजनीतिक दलको झोला बोक्ने कर्मचारीमाथि कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको पक्षमा लाग्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने भएको बताएका हुन् ।
गुरुङले सरकारमा आएदेखि नै कर्मचारीको जिम्मेवारीबारे स्पष्ट पार्दै आएको उल्लेख गर्दै अझै पनि दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम कसैले पालेको भए त्यस्तो सोच त्याग्नुपर्ने बताए ।
पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही गरिने उनको भनाइ छ ।
‘हामीलाई कसैको चाकडी गर्ने कर्मचारी होइन, जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको हो,’ उनले भनेका छन् ।
गृहमन्त्री गुरुङले नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्नेमा जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया