काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्नुपर्नेमा जोड दिएका छन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि गृहकार्य गरिरहेका बेला सहमहामन्त्री खतिवडाले सो प्रस्ताव गरेका हुन् ।
उनले अन्य राजनीतिक दललाई समेत प्रदेश र स्थानीय तह निर्वाचन सँगै गर्न अपिल गरे ।
‘सबै राजनीतिक पार्टीलाई अपिल गर्न चाहन्छु। प्रदेशको र स्थानीय तहको चुनाव सँगै गरौँ,’ उनले भने ।
उनले प्रत्येक वर्ष चुनाव गराएरु अर्बौँ रकम खर्च गर्न सक्ने हैसियत नेपालको नभएको भन्दै अहिले स्थानीय तह निर्वाचन, पुनः त्यसको ६ महिनापछि प्रदेश निर्वाचन र त्यसपछि पुनः राष्ट्रिय सभा निर्वाचन गर्दा खर्चिलो हुने उनको तर्क छ ।
‘प्रत्येक वर्ष चुनाव गराएर अरबौं खर्च गर्ने हाम्रो हैसियत छैन। अहिले स्थानीय फेरि ६ महिनापछि प्रदेश फेरि राष्ट्रिय सभा,’ उनले भनेका छन् ।
सरकारले आगामी चैतमा स्थानीय तह निर्वाचन गर्ने तयारी गरिरहेको छ । तर प्रदेशको निर्वाचन सँगै गर्ने कि छुट्टाछट्टै गर्ने भन्ने कुनै निश्चित भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया