काठमाडौं । तेस्रो संस्करण अन्तर्गतको नेपाल प्रिमियर लिगको बुधबार भएको खेलमा चितवन राइनोजले काठमाण्डू गोर्खाजलाई २०५ रनको टार्गेट दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा निर्धारित २० ओभर पूरा गर्दै चितवनले काठमाडण्डूलाई सर्वाधिक रनको लक्ष्य दिएको हो ।
चितवनका लागि ओपनर कामिल मिशाराले शतक पूरा गरेका थिए । उनले ५९ बलमा १० छक्का र पाँच चौकासहित अविजित १२० रनको पारी खेलेका हुन् । योसँगै मिशारा जारी एनपिएलमा शतकीय पारी खेल्ने दोस्रो ब्याटर बनेका छन् ।
यस्तै, आज कप्तान रवि बोपाराले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५३ रनको पारी खेलेका हुन् । देव खनालले १५ बलमा दुई चौका र एक छक्कासहित १७ रन जोडे । काठमान्डुका लागि बलिङतर्फ कप्तान करण केसी र रशिद खानले समान २–२ विकेट लिए । आजको खेलको विजेता टोलीले क्वालिफायर–२ मा क्वालिफायर–१ को पराजित टिम बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्न पाउनेछ । सुदूरपश्चिमले मङ्गलबार लुम्बिनी लायन्ससँग चार विकेटको पराजय व्यहोरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया