एनपीएल : चितवनबाट कामिल मिशाराले बनाए शतक

लोकपथ
0
Shares

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डू गोर्खाजविरुद्ध चितवन राइनोजका कामिल मिशाराले शतक पूरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ५३ बलको क्षतिमा मिशाराले १०० रन बनाएका हुन् । मिशाराले ८ छक्का र ४ चौकाको मद्दतमा शतक पूरा गरे ।

आजको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले उत्कृष्ट प्रदर्शन गरेको हो ।

यो समाचार तयार पार्दासम्म चितवनको २ विकेट मात्र क्षति भएको छ ।

एनपीएलको जारी सिजनमा शतक बनाउने मिशारा दोस्रा ब्याट्सम्यान हुन् । यसअघि कर्णाली याक्ससँगको खेलमा पोखरा एभेन्जर्सका लागि युवराजसिंह सामराले शतक बनाएका थिए ।

त्यसो त पोखराकै कुशल भुर्तेल भने ९९ रनमा आउट भएका थिए । काठमाण्डु गोर्खाजविरुद्धको खेलमा उनले सुरुवातबाटै आक्रामक ब्याटिङ गर्दै शतक बनाउने अपेक्षा गरिए पनि उनी एक रन नपुग्दै आउट बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?