राष्ट्र बैंकले नष्ट गर्‍यो ७ खर्ब ६५ अर्ब रुपैयाँका पुराना नोट

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका पुराना तथा प्रयोग गर्न नमिल्ने नोट नष्ट गरेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट संकलन भएका झुत्रा, मैला र च्यातिएका नोट नष्ट गरिएको हो ।

२०८३ असार मसान्तसम्म संकलन भएका चलनचल्तीमा पठाउन अयोग्य नोटलाई निर्धारित प्रक्रियाअनुसार नष्ट गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसैबीच, बजारमा चलनचल्तीमा रहेका नोटको परिमाण पनि बढेको छ । २०८२ असार मसान्तसम्म ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा थिए । २०८३ असार मसान्तसम्म आइपुग्दा यस्तो रकम ६.०८ प्रतिशतले बढेर करिब ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकले पुराना तथा प्रयोग गर्न अयोग्य नोट नष्ट गर्नु नियमित मुद्रा व्यवस्थापन प्रक्रिया भएको जनाएको छ। यसले बजारमा सफा र गुणस्तरीय नोटको उपलब्धता कायम राख्न सहयोग पुग्ने बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?