काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
मंसिर २ गते बिहान अन्दाजी ११:४१ बजे दुबईबाट हिमालयन एयरलाइन्सको उडान नं. H9353 मार्फत काठमाडौं आएका चिनियाँ नागरिक BINBIN LI लाई नियमित चेकजाँचका क्रममा सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार सुरक्षा बेशले नियन्त्रणमा लिइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा रहेको वाक थ्रु गेटमा जाँच गर्ने क्रममा निजले हातमा बोकेको ज्याकेटको खल्तीभित्र लुकाइछिपाइ ल्याएको सुनजस्तो चारवटा पोका फेला परेको थियो । उक्त पदार्थको तौल १ किलो ६ सय ५ ग्राम रहेको छ ।
नियन्त्रणमा लिइएका निजको राहदानी नम्बर EA4240198 रहेको छ । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया