काठमाडौंको मेयरमा उठ्ने सुमना श्रेष्ठको घोषणा

लोकपथ
0
Shares

काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व सहमहामन्त्री समेत भइसकेकी सुमनाले सामाजिक सञ्जालमा लेख्दै आफूले मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

०७९ सालको आम निर्वाचनमा रास्वपाको समानुपातिक सूचीबाट उनी सांसद र पछि शिक्षामन्त्री बनेकी थिइन् । तर पार्टीभित्रको केही विवादपछि उनले रास्वपा छाडेकी थिइन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै आफूले आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रुपान्तरणका लागि समर्पित गर्ने बताइन् ।

‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित,’ उनले भनेकी छन्, ‘आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?