बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने नबिल बैंकलाई सरकारको सम्मान

लोकपथ
0
Shares

काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवसको अवसरमा नेपाल सरकारले बैंकलाई सम्मान गरेको हो । नबिल बैंकले यो सम्मान नवौँ पटक प्राप्त गरेको हो ।

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८२र८३ मा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ आयकर तिरेको छ ।

मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरे । बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले सम्मान ग्रहण गरेका थिए ।

सम्मान ग्रहणपछि चौधरीले यो उपलब्धि नबिल बैंक परिवारका लागि गर्वको विषय भएको बताए । उनले बैंकका कर्मचारीको मेहनत र ग्राहकको विश्वासका कारण यो सफलता प्राप्त भएको उल्लेख गरे ।

उनले कर तिर्नुलाई बैंकले आफ्नो महत्वपूर्ण जिम्मेवारीका रूपमा लिएको बताए । साथै ग्राहकलाई राम्रो सेवा दिने, पारदर्शी व्यावसायिक अभ्यास अपनाउने र देशको आर्थिक विकासमा योगदान पुर्‍याउने कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल सरकारले हरेक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रमा सबैभन्दा बढी कर तथा राजस्व तिर्ने व्यक्ति र संस्थालाई सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?