यसपटक पनि व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा राजबहादुर शाह

लोकपथ
0
Shares

काठमाडौं । यस वर्ष पनि व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा राजबहादुर शाह सम्मानित भएका छन् ।

सरकारले राष्ट्रिय कर दिवसका अवसरमा आज करदाताहरुलाई सम्मान गरेको हो । यस वर्ष पनि व्यक्तिगत आयमा सबैभन्दा बढी कर तिर्नेमा राजबहादुर शाह बन्न सफल भए । उनी ०७७, ०७९, ०८० र ०८२ मा पनि धेरै कर तिरेबापत सम्मानित भएका थिए ।

यसैगरी यसपटक संस्थागततर्फ सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल अघि रहेको छ । सरकारले सूर्य नेपालसहित १९ वटा निकायलाई बढी कर तिर्नेमा सम्मान गरेको हो ।

सरकारले हरेक वर्ष मंसिर १ लाई कर दिवस मनाउने गर्दछ । कर दिवसका अवसरमा सरकारले हरेक वर्ष उत्कृष्ट करदाताहरुलाई सम्मान गर्दै आइरहेको छ ।

यसैगरी प्रतिकुल अवस्थाको बाबजुत पनि निरन्तर रोजगारीमा योगदान गर्दै राजस्वमा सहयोग पुर्‍याउँदै आएकोमा सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?