स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो वार्षिक साधारण सभा, १६ प्रतिशत लाभांश पारित गर्ने

लोकपथ
0
Shares

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्न मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको हो ।

बैंकको सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सुरु हुनेछ । सभामा सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश गरिनेछ ।

त्यस्तै, सभामा चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र सर्वसाधारण सेयरधनीका तर्फबाट बैंकको सञ्चालक समितिमा एक जना सञ्चालक निर्वाचित गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसअनुसार मंसिर ९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित नगद लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागी हुन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?