रारा जाँदै गरेको जीप दुर्घटना, ३ जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । मुगुमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् ।

काठमाडौंबाट मुगुको रारा जाँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जीप छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरबाट ६०० मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार जिपमा सवार पाँच जनामध्ये काठमाडौंको कलङ्की बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको हो ।

सो दुर्घटनामा परी जीप चालक ललितपुरका ५८ वर्षीय कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन् । दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?