काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सका कुशल भुर्तेलले सेन्चुरी बनाउनबाट रोकिएका छन् । ।
काठमाण्डू गोर्खाजसँगको खेलमा ५१ बलमा ९९ सय रन बनाएका भुर्तेल सेन्चुरी बनाउन रोकिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा काठमाण्डू गोर्खाजसँग युवराज साम्रासँगको साझेदारीमा भुर्तेलले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
यसअघिको खेलमै साम्राले शतक प्रहार गरेका थिए । तर नेपाली खेलाडीले भने नेपाल प्रिमियर लिग (एनपीएल) मा शतक बनाउन सकेका छैनन् । आजको खेलमा कुशलले देखाएको कुशलताले शतक बनाउने सम्भावना बलियो हुँदाहुँदै उनी एक रनले चुकेका हुन् ।
भुर्तेलले ५१ बलमा ८ छक्का र ८ चौका प्रहार गर्दै ९९ रन जोड्न सफल भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया