प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

लोकपथ
21
Shares

काठमाडौं । प्रोटोनको विद्युतीय कार ‘ई.मास ५’ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६’ मा दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ ।

ई.मास ५ ले ‘उत्कृष्ट सबकम्प्याक्ट ह्याचब्याक–पिपुल्स च्वाइस’ र ‘उत्कृष्ट अफोर्डेबल कार–एडिटर्स च्वाइस’ विधामा अवार्ड जितेको हो । यी अवार्डले उपभोक्तामाझ कारको लोकप्रियता र अटोमोबाइल क्षेत्रका विज्ञहरूले गरेको मूल्यांकनमा यसको गुणस्तरलाई सम्मान गरेको कम्पनीले जनाएको छ ।

पिपुल्स च्वाइस अवार्ड उपभोक्ताको रोजाइ र विश्वासका आधारमा प्रदान गरिएको हो भने एडिटर्स च्वाइस अवार्ड कारको समग्र गुणस्तर, उपयोगिता र मूल्यांकनका आधारमा प्रदान गरिएको हो ।

आधुनिक डिजाइन, उन्नत प्रविधि, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगका लागि आवश्यक सुविधासहित आएको ई.मास ५ ले विद्युतीय सवारीलाई सहज र पहुँचयोग्य बनाउने प्रोटोनको प्रयासलाई थप बलियो बनाएको कम्पनीको भनाइ छ ।

नेपालमा पनि विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला ई.मास ५ ले प्राप्त गरेको अन्तर्राष्ट्रिय सम्मानलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रविधिमैत्री, व्यावहारिक र उचित मूल्यका विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला यो उपलब्धिले नेपाली बजारमा पनि गाडीप्रतिको विश्वास बढाउने अपेक्षा गरिएको छ ।

नेपालमा प्रोटोनका सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि हो । कम्पनीले प्रोटोन मलेसियासँगको सहकार्यमा बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै नेपाली ग्राहकलाई सहज र भरपर्दो सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।

प्रोटोन ई.मास ७ को सफल परिचयपछि ई.मास ५ को आगमनलाई नेपालमा कम्पनीको विद्युतीय मोबिलिटी विस्तारको अर्को कदमका रूपमा लिइएको छ । विश्वस्तरीय अटोमोबाइल प्रविधिलाई नेपाली उपभोक्तामाझ पुर्‍याउँदै विद्युतीय सवारीप्रतिको जनचेतना र विश्वास बढाउने लक्ष्य कम्पनीले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?