काठमाडौं । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ ।
विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना गरेको छ । साथै, तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने निर्णयसमेत गरेको छ ।
निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक छन् । उनीहरूमध्ये एक जना नाबालक पनि रहेका छन् । नाबालकलाई भने उनका आमाबुवासँगै नेपालबाट पठाइएको विभागले जनाएको छ ।
विभागका अनुसार उनीहरू मोरङको कानेपोखरी गाउँपालिका–७ बरगाछीस्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए ।
उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए । तर, पर्यटक भिसामा रहँदा भिसाको उद्देश्यविपरीत क्रिश्चियन धर्म प्रचार गरेको आरोप लागेको थियो । सोही आरोपमा अध्यागमन कानुन उल्लंघन गरेको भन्दै विभागले उनीहरूलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया