काठमाडौं । युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी सेनाले गरेको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको छ ।
जापोरिजिया क्षेत्रको कोमिशुवाखा गाउँमा रुसी सेनाले हवाई आक्रमण गर्दा उनीहरूको मृत्यु भएको हो ।
बीबीसीका अनुसार आक्रमणमा पाँच जना घाइते भएका छन् भने २७ जना बेपत्ता भएका छन् । आक्रमणका क्रममा राहत सामग्री वितरण गर्ने केन्द्रलाई समेत निशाना बनाइएको थियो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई अत्यन्त भयावह भन्दै आक्रमणको निन्दा गरेका छन् ।
क्षेत्रीय प्रमुख मायखाइलो सेमिकिनका अनुसार रुसी सेनाले गाउँमा कम्तीमा नौवटा हवाई बम खसालेको थियो । तीमध्ये प्रत्येक बमको तौल करिब तीन हजार किलोग्राम रहेको बताइएको छ ।
घटनाबारे रुसी सेनाले भने अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया