काठमाडौं । धनुषाका एक युवकले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको उपहार जितेका छन् ।
धनुषाको नगराइन नगरपालिका–९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले ४१५ रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको उपहार जितेका हुन् ।
आज आन्तरिक राजश्व विभागले विजेताको नाम घोषणा गरेको हो ।
उनले यही कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका थिए । उनले ई–सेवाबाट रकम भुक्तानी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया