एनपीएल : वर्षाका कारण लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

लोकपथ
21
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको खेल वर्षाका कारण स्थगित भएको छ ।

लगातारको वर्षाले मैदान भिजेर खेल खेलाउन नसकिने भएपछि खेल स्थगित गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिएका छन् ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान भिजेको थियो । खेल हुन नसकेपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।

आजको दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल अपराह्न ५ बजेदेखि सुरु हुने तालिका छ । तर, वर्षाका कारण यो खेल पनि प्रभावित हुन सक्ने सम्भावना छ ।

गत कात्तिक ९ गतेदेखि सुरु भएको एनपिएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?