काठमाडौं । लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा खोलामा पानीको बहाव बढेको छ ।
खोलामा पानीको सतह बढेपछि स्थानीय प्रशासनले आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालन हुन तयारी अवस्थामा रहेको छ ।
प्रशासनले खोला आसपासका क्षेत्रमा बस्ने र आवतजावत गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । साथै, खोलामा पानीको बहाव हेर्न जाने काम नगर्न पनि अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया