काठमाडौं । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ बाट १८ ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१ निवासी २० वर्षीय अफजल पठान रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनलाई आज उक्त लागुऔषधसहित पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
यसैबीच, प्रहरीले हातहतियार तथा खरखजाना मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पनि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–३ निवासी ६८ वर्षीय रनबहादुर थापा रहेका छन् । जिल्ला अदालत स्याङ्जाबाट उक्त मुद्दामा ११ महिना १० दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पुतलीबजार नगरपालिका–१, स्याङ्जाबजारबाट पक्राउ गरेको हो ।
पक्राउ परेका थापालाई कैद भुक्तानका लागि कारागार कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया