नेपाल टेलिकममा ८० कर्मचारीका लागि जागिर खुल्यो, विभिन्न पदमा आवेदन दिन सकिने

लोकपथ
385
Shares

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदमा ८० जना नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत कर्मचारी भर्ना गर्न लागेको हो ।

नेपाल टेलिकमले नवौँदेखि तेस्रो तहसम्मका विभिन्न पदमा आवेदन खुलाएको छ । प्राविधिक र प्रशासनिक दुवै क्षेत्रका लागि कर्मचारी माग गरिएको छ ।

विज्ञापनअनुसार नवौँ तहको उपप्रबन्धक (चार्टर्ड एकाउन्टेन्ट) पदमा एक जना माग गरिएको छ । त्यस्तै, आठौँ तहमा वरिष्ठ इन्जिनियर, वरिष्ठ व्यापार अधिकृत र वरिष्ठ लेखा अधिकृत गरी तीन जनाका लागि आवेदन खुलाइएको छ ।

सातौँ तहमा टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन) तीन जना, कम्प्युटर इन्जिनियर १० जना र इलेक्ट्रिकल इन्जिनियर तीन जना माग गरिएको छ ।

त्यसैगरी, छैटौँ तहमा सहायक प्रशासनिक अधिकृत नौ जना, सहायक व्यापार अधिकृत आठ जना र सहायक लेखा अधिकृत दुई जना भर्ना गरिनेछ ।

पाँचौँ तहमा तीन जना ओभरसियर, चौथो तहमा नौ जना टेलिकम टेक्निसियन र १७ जना सहायक तथा तेस्रो तहमा १२ जना कनिष्ठ प्राविधिकका लागि आवेदन माग गरिएको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले नेपाल टेलिकमको आधिकारिक वेबसाइट तथा अनलाइन आवेदन प्रणालीमार्फत फारम भर्न सक्नेछन् ।

कम्पनीका अनुसार नियमित शुल्क तिरेर आगामी मंसिर ३ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयभित्र आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर मंसिर १० गतेसम्म आवेदन दिन पाउनेछन् ।

सम्बन्धित पदका लागि आवश्यक शैक्षिक योग्यता र अन्य मापदण्ड पूरा गरेका इच्छुक उम्मेदवारले तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?