फेरि विराटनगर हारेपछि रचना रिमाललाई चिन्ता

लोकपथ
0
Shares

काठमाडौं । गायकीसँगै क्रिकेटप्रति अति चासो राख्ने गायीका रचना रिमालले आफ्नो टिम पराजित भएपछि आफैँलाई शान्त्वना दिएकी छन् ।

विराटनगर किंग्सको समर्थक रहेकी गायीका रिमालले आज पनि हार ब्यहोरेपछि आफूहरुले हिम्मत नहारेको बताइन् ।

उनले कर्णाली याक्ससँग विराटनगरले हारेपछि ‘जित्नुभन्दा ठूलो हिम्मत नहार्नु’ रहेको बताइन् । साथै विराटनगर टिमले राम्रो खेलेको भन्दै प्रसंशा गरेकी छन् ।

‘जित्नु भन्दा ठूलो कुरा हिम्मत नहार्नु हो। आजपनि हामि जित्न सकेनौँ तर हिम्मत हारेका छैनौँ । ,’ उनले भनेकी छन् ।

विराटनगर किंग्स कर्णाली याक्ससँग पराजित बन्न पुगेको छ । योसँगै विराटनगरको दोस्रो हार हो । यसअघि विराटनगरले चितवन राइनोजसँग पराजय भोगेको थियो ।

पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले दिएको १८७ रनको लक्ष्य पच्छाउँदै अन्तिममा कर्णालीले रोमाञ्चक जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?