तेस्रो सस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार साँझ भएको खेलमा विराटनगर किंग्सलाई हराउँदै कर्णाली याक्सले रोमाञ्चक जित निकालेको छ ।
पहिले ब्याटिङ गरेको विराटनगरले कर्णाली सामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अन्तिम एक बल बाँकी रहँदा लक्ष्य पूरा गर्दै कर्णालीले अंक तालिकामा आफूलाई अघि बढाएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले ६ विकेट गुमाउँदै दोस्रो जित निकालेको हो । यो विराटनगरको दोस्रो हार हो । यसअघि विराटनगर किंग्सलाई हराउँदै चितवन राइनोजले जित निकालेको थियो ।
विराटनगरका लागि लोकेश बमले ५२ बलमा ८७ रन बनाउँदै विपक्षीका लागि बलियो लक्ष्य प्रस्तुत गरेका थिए ।
तर कर्णालीका लागि कप्तान सोमपाल कामीले अर्धशतक पूरा गर्दै त्यसलाई चुनौती दिँदै थप जितका लागि उत्साह थपेका हुन् । उनले ३२ बलमा ६२ रन जोड्न सफल भए ।
रोमाञ्चक जित निकालेपछि कर्णालीका खेलाडी र समर्थकहरुले क्रिकेट मैदानमा उल्लासपूर्ण सेलिब्रेसन गरेका छन् ।
तस्बिरहरु हेर्नुहोस् :












सबै तस्बिर : नेपाल प्रिमियर लिगको फेसबुक पेजबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया