प्रधानन्यायाधीश शर्माले भने– ‘समाचार देखेर आश्चर्यचकित र स्तब्ध भएँ’

लोकपथ
1.3k
Shares

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफूलक्षित समाचारबारे आफू अचम्भित भएको बताएका छन् ।

पूर्वएआईजी समेत रहेका रास्वपा सांसद विश्वराज पोखरेल र प्रधानन्यायाधीश शर्माको नाम जोडेर घुस लिएको भन्ने समाचार बाहिरिएपछि उनले प्रतिक्रिया जनाएका हुन् ।

विभिन्न अनलाइन सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा सो समाचार बाहिरिएपछि प्रधानन्यायाधीश शर्माले त्यसबारे प्रतिक्रिया जनाउँदै खण्डन गरेका हुन् ।

‘…लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति म आश्चर्यचकित र स्तब्ध भएको छु । जुन प्रसंग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरु एवं प्रसङ्गमा मेरो कुनै संलग्नता छैन । ती व्यक्तिहरुसँग मेरो प्रत्यक्ष एवं परोक्ष रुपमा चिनजान, सम्पर्क समेत छैन,’ प्रधानन्यायाधीश शर्माले भनेका छन् ।

उनले घटना भएको भनेर उल्लेख गरिएको समयमा आफू प्रधानन्यायाधीश समेत भइनसकेको दाबी गरेका छन् । साथै जनतामा भ्रम छर्ने उदेश्यबाट ती समाचार प्रकाशित र प्रशारित भएको उनको आरोप रहेको छ ।

‘उक्त प्रसंगमा उल्लेखित मिति नोभेम्बर, डिसेम्बर, जनवरीमा म प्रधानन्यायाधीश पनि भइनसकेको अवस्था छ । यसरी आधारहीन, झुठ्ठा, कपोकल्पित र जनतामा भ्रम छर्ने दुषित उदेश्यबाट प्रशारित समाचारको म भर्त्सना गर्दछु,’ प्रधानन्यायाधीश शर्माले भनेका छन् ।

यता रास्वपा सांसद पोखरेलले समेत सोही समाचारमा
आएका विवरणहरुबारे खण्डन गरेका छन् । उनले सबै झुठा भएको र त्यसमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् ।

यस्तो छ प्रधानन्यायाधीशको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?