काठमाडूविरुद्ध जनकपुरको सहज जित, ८ विकेटले पराजित

लोकपथ
49
Shares

काठमाडौं । तेस्रो संस्करणको जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ड्सले जित निकालेको छ ।

एनपीएलमा बिहीबार दोस्रो खेल खेलेको जनकपुरले काठमाडू गोर्खाजलाई हराउँदै जित दर्ज गरेको हो । त्यसो त यसअघि कर्णाली याक्ससँग जनकपुर पराजित भएको थियो ।

काठमाडूलाई ८ विकेटले हराउँदै जनकपुरले एनपीएलका लागि विजयी सुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडूले ११६ रनको लक्ष्य दिएको थियो । निर्धारित २० ओभरमध्ये १६ ओभर २ बलमा २ विकेटको क्षतिसहित काठमाडूले सहज जित निकालेको हो ।

जनकपुरका लागि अनुभवी अलराउन्डर मोइन अली र सैफ हसनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । मोइनले ५१ बलमा ३ चौका र ३ छक्कासहित ५८ रन जोड्न सफल भए । त्यस्तै उनलाई बलियो साथ दिएका सैफले ३६ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै अविजित ४६ रनको योगदान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?