लगातार दोस्रो दिन बढ्यो शेयर बजार, नेप्से २६९५ बिन्दुमा

लोकपथ
21
Shares

काठमाडौं । नेपाली शेयर बजारमा लगातार दोस्रो दिन उत्साह देखिएको छ । अघिल्लो दिन ३३.२९ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार थप ३१.५४ अंकले बढेर २६९५.६० बिन्दुमा पुगेको छ ।

बजारमा सबै १३ वटै उपसूचक हरियो भएका छन् । यस दिन अन्य समूहको उपसूचक सर्वाधिक २।४५ प्रतिशतले बढेको छ । त्यस्तै, वाणिज्य बैंक समूह २.२८ प्रतिशत र होटल तथा पर्यटन समूह २.०५ प्रतिशतले बढेका छन् । विकास बैंक समूहको उपसूचक १.५५ प्रतिशत र फाइनान्स समूहको १।६९ प्रतिशतले वृद्धि भएको छ ।

नेप्से परिसूचकमा आएको वृद्धिसँगै शेयर कारोबार रकममा समेत सुधार देखिएको छ । बिहीबार ३५० वटा कम्पनीका २ करोड ३२ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ५७ करोड ९८ हजार रुपैयाँ पुगेको छ ।

यसअघि बुधबार ३४८ वटा कम्पनीका १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर कारोबार भएका थिए । उक्त दिन कुल कारोबार रकम ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

बिहीबार कारोबार भएका कम्पनीमध्ये १८१ वटाको शेयर मूल्य बढेको छ भने ९१ वटाको घटेको छ । त्यस्तै, ६ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

यस दिन बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको शेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ ।

लगातार दुई दिन नेप्से परिसूचक बढ्नु र कारोबार रकममा समेत सुधार आउनुले शेयर बजारमा खरिद चाप बढेको संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?