काठमाडौं । तेस्रो संस्करणको जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर काठमाडूले पहिले ब्याटिङ रोजेको थियो ।
निर्धारित २० ओभरमध्ये १९.३ ओभरमा काठमाण्डू गोर्खाज अलआउट भयो । १९ ओभर ३ बलको क्षतिमा अलआउट भएको काठमाडू गोर्खाजले ११५ रन जोड्न सफल भयो ।
त्यसो त यो सिजनमा काठमाडू गोर्खाजको पहिलो खेल हो । तर जनकपुर बोल्ट्सले भने यसअघि नै कर्णाली याक्ससँग प्रतिष्पर्धा गरिसकेको छ । कर्णालीसँग यसअघि पराजित बनेको जनकपुरलाई आजको जित्दै अंक तालिकामा अघि आउनुपर्ने दबाब छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया