एनएमबी बैंक र भिजाबीच अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्ने सम्झौता

लोकपथ
14
Shares

काठमाडौं । एनएमबी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवालाई थप सहज र प्रभावकारी बनाउने लक्ष्यसहित भिजासँग सहकार्य गरेको छ ।

बैंकले भिजाको ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवा सञ्चालनका लागि सम्झौता गरेको हो ।

यस सम्झौतापछि एनएमबी बैंकका ग्राहकले विदेशमा रकम पठाउन थप सहज माध्यम प्राप्त गर्नेछन् । भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध रहेको छ ।

नयाँ सेवामार्फत अन्तर्राष्ट्रिय रकम स्थानान्तरण प्रक्रियालाई सरल, सुरक्षित र भरपर्दो बनाउने बैंकको अपेक्षा छ । प्रविधिमा आधारित यस सुविधाले ग्राहकलाई विदेशमा रकम पठाउँदा हुने प्रक्रियागत झन्झट कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

एनएमबी बैंकले देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवामा नयाँ प्रविधि भित्र्याउने यो पहललाई बैंकको सेवा विस्तारको प्रयासका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?