काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार ‘सलिको गल्फ टुनामेन्ट २०२६’ आयोजना गर्ने भएको छ ।
प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा सञ्चालन हुने कम्पनीले जनाएको छ ।
१८ होलको च्याम्पियनसिपस्तरको गल्फ कोर्समा आयोजना हुने प्रतियोगितामा विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा मेन्स विनर, रनरअप, बेस्ट ग्रस, लेडिज विनर, लेडिज रनरअप, सिनियर विनर, सुपर सिनियर विनर, मोस्ट बर्डिज, क्लोजेस्ट टु द पिन, लङ्गेस्ट ड्राइभ तथा सलिको ३० वर्षे ट्रस्ट विजेतालगायत विधा समावेश गरिएका छन् ।
प्रतियोगिताको मुख्य आकर्षणका रूपमा होल नम्बर १० मा होल इन वान गर्ने पहिलो खेलाडीले टाटा नेक्सन कार जित्ने अवसर पाउनेछन् ।
सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले प्रतियोगिताले कम्पनी र यसका सरोकारवालाबीचको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने बताए ।
खेलकुदले स्वस्थ प्रतिस्पर्धाका साथै आपसी सद्भाव, मित्रता र व्यावसायिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
क्षेत्रीले प्रतियोगितामार्फत विश्वास, सहकार्य र दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाउने कम्पनीको लक्ष्य रहेको बताए ।
सलिकोले विगत तीन दशकदेखि व्यक्तिगत ग्राहक, व्यवसाय तथा कर्पोरेट क्षेत्रलाई लक्षित गरी विभिन्न निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले खेलकुदका माध्यमबाट सरोकारवालासँगको सम्बन्ध विस्तार गर्नुका साथै आपसी भेटघाट र सहकार्यका अवसर सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया