काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत लुम्बिनी लायन्सले उद्घाटन खेलमा जित निकालेको छ ।
सुदूरपश्चिम रोयल्सले दिएको ८८ रनको लक्ष्य पार गर्दै लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको हो ।
९ ओभर ५ बलको क्षतिमा ३ विकेट गुमाउँदै लुम्बिनी लायन्सले जित निकालेको हो ।
गत संस्करणको विजेता समेत रहेको लुम्बिनी लायन्सका लागि क्याप्टेन रोहित पौडेलले अन्तिममा चौका प्रहार गर्दै जित निकाले ।
त्यसो त टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स अलआउट हुँदै ८७ रन जोड्न सफल भएको थियो ।
एनपीएलको तेस्रो संस्करण आजबाट सुरु भएको हो । आगामी मंसिर ५ गतेसम्म चल्ने खेलमा ८ टिमको सहभागिता र ३२ खेल हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया