काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक महिनामै चांगान नेभो क्यू०५ विद्युतीय एसयूभी चर्चामा आएको छ । गायक स्वप्न सुमन तथा अभिनेत्रीहरू ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा र जसिता गुरुङले यो गाडी खरिद गरेपछि यसको चर्चा थप बढेको हो ।
आफ्नो अभिनय र संगीतमार्फत दर्शकमाझ परिचित यी कलाकारले नेभो क्यू०५ रोजेपछि गाडीप्रति उपभोक्ताको चासो बढेको छ । आधुनिक डिजाइन, फराकिलो भित्री भाग र नयाँ प्रविधि यसका प्रमुख विशेषता हुन् ।
चांगान नेभो क्यू०५ बाहिरबाट छरितो देखिए पनि भित्र पर्याप्त ठाउँ भएको विद्युतीय एसयूभी हो । यसको ह्विलबेस २ हजार ७३५ मिलिमिटर रहेको छ । कम्पनीका अनुसार गाडीको भित्री भागमा ८६.६ प्रतिशत ठाउँ उपयोग गरिएको छ, जसले यात्रुलाई सहजता प्रदान गर्छ ।
गाडीको डिजाइन चांगानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन समूहका पूर्व डिजाइन प्रमुख क्लाउस जिकोराको नेतृत्वमा तयार गरिएको हो । आधुनिक बत्ती, आकर्षक बनावट र आंशिक रूपमा लुकाइएका ढोकाका ह्यान्डलले यसको बाहिरी रूपलाई फरक बनाएका छन्।
प्रविधिका हिसाबले नेभो क्यू०५ मा सीएटीएलको ब्याट्री सेलसँगै चांगानको ‘गोल्डेन शिल्ड ब्याट्री २.०’ प्रविधि प्रयोग गरिएको छ । कम्पनीका अनुसार उपयुक्त अवस्थामा करिब १५ मिनेटमा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
यसमा १२० किलोवाटको मोटर, १४.६ इन्चको टचस्क्रिन र वायरलेस स्मार्टफोन कनेक्टिभिटी सुविधा उपलब्ध छ ।
सार्वजनिक भएको छोटो समयमै चर्चित कलाकारहरूको रोजाइमा पर्नुले नेभो क्यू०५ लाई नेपाली बजारमा थप परिचित बनाएको छ । कम्पनीले आधुनिक डिजाइन, आरामदायी यात्रा र प्रविधिमा आधारित सुविधालाई गाडीको मुख्य विशेषताका रूपमा प्रस्तुत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया