काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ । यस सहकार्यसँगै बैंकका योग्य डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले लुप नेटवर्कमा आबद्ध पसल तथा व्यावसायिक प्रतिष्ठानबाट सामान खरिद गर्दा डिजिटल माध्यमबाट कर्जा तथा किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।
सम्झौताअनुसार सिटिजन्स बैंकका योग्य कार्डधारकले लुप नेटवर्कमा आबद्ध विभिन्न पसलबाट सामान खरिद गर्दा तत्कालै ‘लुप क्रेडिट’ सुविधा लिन सक्नेछन् । त्यस्तै, बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गरिएको भुक्तानीलाई मासिक किस्ताबन्दी अर्थात् ‘लुप ईएमआई’ मा रूपान्तरण गर्न सकिनेछ ।
यस सुविधाले ग्राहकलाई आवश्यकताअनुसार वित्तीय पहुँच उपलब्ध गराउनुका साथै खर्च व्यवस्थापन गर्न र खरिद प्रक्रियालाई सहज बनाउन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । डिजिटल भुक्तानी तथा उपभोक्ता कर्जा सुविधालाई थप सहज र पहुँचयोग्य बनाउने उद्देश्यले यो सहकार्य गरिएको बैंकले जनाएको छ ।
बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो । त्यस्तै, नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ ।
फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सुरु गरेको बैंकले मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ । यसका साथै अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा सञ्चालनमा ल्याएको छ ।
‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया