नेपालमा राजनीतिक र आर्थिक अवस्था सहज छैन : प्रचण्ड

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भूराजनीतिक चलखेल बढ्दै गएको दाबी गरेका छन् ।

दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटनका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था सहज नरहेको बताए ।

उनले नेपालमा मात्र नभई विश्वभर नै परिस्थिति असहज बन्दै गएको बताए । रुस–युक्रेन युद्ध, इजरायल–प्यालेस्टाइन द्वन्द्व तथा इजरायल, अमेरिका र इरानबीचको युद्धलगायतका घटनाले विश्वको अवस्था जटिल बनाएको उनको भनाइ छ ।

यस्तै, युरोपमा भइरहेका आन्दोलन र विद्रोहले पनि विश्व परिस्थिति सहज नरहेको देखाएको उनले बताए ।

विश्वमा भइरहेको भूराजनीतिक परिवर्तनको असरबाट नेपाल पनि अछुतो रहन नसकेको प्रचण्डले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?