काठमाडौं । हुन्डाई नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि लुम्बिनी लायन्ससँग साझेदारी गरेको छ । कम्पनीले ‘ड्रिभन बाइ हुन्डाई’ अभियानअन्तर्गत लुम्बिनी लायन्सलाई समर्थन गर्ने भएको हो ।
लुम्बिनी लायन्सले एनपीएलको दोस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो । अब टोली तेस्रो सिजनमा आफ्नो उपाधि जोगाउने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ ।
हुन्डाई नेपालले लुम्बिनी लायन्ससँगको साझेदारीले नेपाली क्रिकेटप्रतिको आफ्नो समर्थनलाई थप बलियो बनाउने जनाएको छ । यस सहकार्यबाट क्रिकेटमा टिमवर्क, मेहनत र जितको भावनालाई प्रोत्साहन गर्नुका साथै नेपाली खेलाडीको प्रतिभा विकासमा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार ‘ड्रिभन बाइ हुन्डाई’ साझेदारीले नेपालको क्रिकेट समुदायसँगको सम्बन्ध विस्तार गर्ने र खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया