काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले रसुवा बाढीबाट प्रभावित बीमितलाई दुई महिना नपुग्दै २६ करोड रुपैयाँभन्दा बढी बीमा दायित्वअन्तर्गत भुक्तानी गरेको छ ।
कम्पनीका अनुसार असोज २९ गतेसम्म प्रभावित क्षेत्रका बीमितलाई कुल २६ करोड ९ लाख २२ हजार २३४ रुपैयाँ ७५ पैसा भुक्तानी गरिएको हो ।
प्रभावित बीमितलाई आर्थिक राहत प्रदान गर्दै क्षतिको आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्यले कम्पनीले हालसम्म २३ करोड ५ लाख ३९ हजार ७८२ रुपैयाँ ७५ पैसा अग्रिम भुक्तानी गरेको जनाएको छ । यस्तै, ३ करोड ३ लाख ८२ हजार ४५२ रुपैयाँ बराबरको बीमा दाबीसमेत भुक्तानी गरिएको छ ।
दाबी भुक्तानी प्रक्रियालाई थप सहज, प्रभावकारी र छिटो बनाउन कम्पनीले सम्बन्धित बीमित तथा सेवाग्राहीलाई आवश्यक कागजात यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरेको छ । आवश्यक कागजात समयमै प्राप्त भएमा दाबी मूल्याङ्कन तथा भुक्तानी प्रक्रियालाई थप तीव्रता दिन सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
प्राकृतिक विपद्का कारण व्यवसाय, सम्पत्ति तथा जनजीवनमा पर्ने आर्थिक क्षति न्यूनीकरणमा बीमा क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै सलिकोले प्रभावित बीमितलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको जनाएको छ ।
कम्पनीले विपद्को कठिन परिस्थितिमा बीमित तथा समुदायसँगै उभिँदै आर्थिक सुरक्षा प्रदान गर्नुका साथै पुनःस्थापना र पुनर्निर्माणका प्रयासमा समेत सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया