अमेरिकी डलर आज थप कमजोर, जापानी येन मजबुत बन्दा चिनियाँ युआन पनि कमजोर

लोकपथ
0
Shares

काठमाडौं । कमजोर बन्दै गएको अमेरिकी डलरको मूल्य खस्किने क्रम जारी छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

हिजो बिहीबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको थियो । यस्तै, बुधबार खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको थियो । मंगलबार खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा तथा सोमबार खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको थियो ।

जापानी येन भने आज केही मजबुत बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, आज शुक्रबारका लागि जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । हिजो बिहीबारका लागि जापानी येन १ को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको थियो । बुधबार खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, मंगलबार खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा र सोमबार खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको थियो ।

यस्तै, आज शुक्रबार चिनियाँ युआनको मूल्य केही खस्किएको छ । आज चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ । हिजो बिहीबारे खरिददर २२ रुपैयाँ ७० पैसा र बिक्रीदर २२ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको थियो । यस्तै, बुधबार चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा, मंगलबार खरिददर २२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २२ रुपैयाँ ९४ पैसा र सोमबार खरिददर २३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २३ रुपैयाँ १७ पैसा निर्धारण गरिएको थियो ।

यस्तै। आज शुक्रबारका लाथि थाई भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । हिजो बिहीबारका लागि थाई भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५४ पैसा निर्धारण गरिएको थियो । थाई भाट बुधबारका लागि एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा निर्धारण गरिएको थियो । यस्तै, मंगलबार थाई भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा र सोमबार खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा निर्धारण गरिएको थियो ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ १० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८३ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४५ पैसा र बिक्रीदर ४० रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २९ पैसा र बिक्रीदर ११ रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २२ पैसा र बिक्रीदर १५ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २२ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४२ पैसा, कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ९६ पैसा बिक्रीदर ४०३ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ २८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ८४ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?