काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच जनालाई पक्राउ गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का प्रविण तिवारी र सर्लाहीको मलङ्गवा नगरपालिका–४ का रामपुकार तिवारीलाई पक्राउ गरिएको हो ।
रोजगारीमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्कबाहेक म्याक्रोटेक प्रालिको नाममा उनीहरुले ‘मेडिकल स्क्रिनिङ’मा नियम विपरीत शुल्क लिई श्रमिकलाई ठगी गरेका पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया