मुक्तिनाथ विकास बैंकलाई फोनपेबाट तीन अवार्ड

लोकपथ
14
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनपेद्वारा आयोजित ‘फोनपे अनर्स’ कार्यक्रममा विकास बैंक समूहअन्तर्गत तीनवटा अवार्ड प्राप्त गरेको छ।

बैंकले हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर), हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर) र हाइएस्ट फोनपे क्यूआर भोलुम (अक्वायर) विधामा अवार्ड प्राप्त गरेको हो ।

हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर) अवार्ड बैंकको मोबाइल एपमार्फत सबैभन्दा धेरै संख्यामा रकम स्थानान्तरण गरेको आधारमा प्रदान गरिएको हो । त्यस्तै, हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर) अवार्ड मोबाइल एपमार्फत क्यूआरमा सबैभन्दा धेरै भुक्तानी कारोबार गरेको आधारमा दिइएको हो। हाइएस्ट फोनपे क्यूआर भोलुम (अक्वायर) अवार्ड भने बैंकका क्यूआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार प्राप्त गरेको आधारमा प्रदान गरिएको हो ।

डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन तथा विस्तारमा बैंकले पुर्‍याएको योगदानको कदरस्वरूप प्राप्त यी अवार्डले डिजिटल बैंकिङ सेवाप्रतिको बैंकको प्रतिबद्धता झल्काउने बैंकले जनाएको छ ।

यस उपलब्धिले आगामी दिनमा अझ सहज, सुरक्षित र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्न थप प्रेरणा मिल्ने विश्वास बैंकले लिएको छ ।

अवार्ड प्राप्त गर्न सहयोग गर्ने सम्पूर्ण ग्राहक, साझेदार संस्था तथा कर्मचारीप्रति बैंकले आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?