रोहितकाे अर्धशतकमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

लोकपथ
42
Shares

काठमाडौं । रोहितकुमार पौडेलको अर्धशतकमा नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली ओमानसामु २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

अल अमिरेत रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल तयार पार्‍यो ।

नेपालका रोहितले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यसैगरी, करण केसी र अर्जुन कुमालले ४०–४०, इशान पाण्डे र बसिर अहमदले ३७–३७, दीपेन्द्रसिंह ऐरीले २२ तथा सन्दीप जोराले १० रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?