चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज

लोकपथ
56
Shares

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतको संसदीय सुनुवाइ गर्ने भएको छ ।

समितिको बैठक आज असोज २६ गते बिहान ९ः१५ बजे सार्वजनिक लेखा समितिको सभाहलमा बस्नेछ ।

समितिले असोज २३ गते सूचना जारी गर्दै आफ्नो १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ तथा उनीहरूविरुद्ध परेका उजुरीमाथि छलफल गर्ने कार्यसूची तय गरेको थियो ।

आजको बैठकमा प्रस्तावित राजदूतहरूविरुद्ध प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूलाई समितिमा आमन्त्रण गरी छलफल गरिनेछ ।

सरकारले भारतका लागि डा.निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापा र बेलायतका लागि गौरवशमशेर जबरालाई राजदूतमा प्रस्ताव गरेको छ ।

संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?